काठमाडौं, साउन १८ –विशेष अदालत, काठमाडौंमा दर्ता भएको भ्रष्टाचारसम्बन्धी मुद्दा नं. ०८१-CR-०१२६ मा प्रतिवादी खरिदार रतन बहादुर जि.सी.सहित अन्यविरुद्ध अनुसन्धान भइरहेका बेला सरकारी साक्षीका रूपमा प्रस्तुत डम्मर बहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आफैं घुस काण्डमा मुछिएका छन्।
बाँके जिल्लाको कोहलपुर नगरपालिकाका बासिन्दा बुढाथोकीले विशेष अदालतमा मिति २०८२ साल असार २६ गते सरकारी साक्षीका रूपमा बयान दिँदा अनुसन्धानका क्रममा दिएको वयान विपरित प्रतिकूल अभिव्यक्ति दिएका थिए। अनुसन्धानका क्रममा उनले प्रतिवादी शान्ति पुन (बिचौलिया), खरिदार रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे, तथा घनश्याम तिवारीलाई रू. २०,००० घुस दिई जग्गाको मोठ भिडाउन सहजीकरण गरिदिन मिलेमतो गरेको पुष्टि भएको छ।
सरकारी वकिलको कार्यालयले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) बमोजिम कसूर मानेर डम्मर बहादुर बुढाथोकीविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। आरोप-पत्रमा बुढाथोकीलाई २० हजार रुपैयाँ बिगो कायम गर्दै कैद सजाय, सोही बिगो बराबरको जरिवाना र घुस राशी जफत गर्न माग गरिएको छ।
बुढाथोकीमाथिको कारबाहीसहित यस प्रकरणमा प्रतिवादी रतन बहादुर जि.सी.सहित अन्य कर्मचारीहरूमाथि पनि अनुसन्धान अघि बढाइएको छ। सरकारी साक्षीकै भूमिका निर्वाह गर्न आएका व्यक्तिले बयान पल्टाएर आफू घुस दिने पक्षका रूपमा मुछिनु दुर्लभ घटनाका रूपमा हेरिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया