ललितपुर भदौ १७– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई सोमबार उत्कृष्ट शहरी शासन/नगर व्यवस्थापन सम्मानले सम्मानित गरेको छ। सिजन मिडियाको १७औँ वार्षिकोत्सवमा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै नेतृत्व गरेका योगदानका लागि यो सम्मान प्रदान गरिएको हो। अवार्ड पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले प्रदान गरेका थिए।
महर्जन दुई कार्यकाल महानगर प्रमुख भएर ललितपुरलाई बस्न योग्य र सम्पदामैत्री सहर बनाउने कार्यमा सक्रिय छन्। उनका पहलहरूमा नेपालको पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन प्रणाली, बीउ र खानेपानी वितरण मेसिन, नि:शुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र र पार्क विस्तार जस्ता सार्वजनिक सेवा समावेश छन्।
उनी सांस्कृतिक आदानप्रदान, दिगो विकास र सम्पदा संरक्षणमा स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउन पनि सक्रिय छन्।
काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!