इरान–इजरायल युद्धले नेपालमा महँगो इन्धन, रोजगारी संकट र सामाजिक तनावको जोखिम बढायो

इरान–इजरायल युद्धले नेपालमा महँगो इन्धन, रोजगारी संकट र सामाजिक तनावको जोखिम बढायो

काठमाडौं, असार ३ – मध्यपूर्वमा इरान र इजरायलबीच चर्किएको द्वन्द्वले नेपालमा प्रत्यक्ष सैन्य भिडन्त नपरे पनि आर्थिक र सामाजिक क्षेत्रमा गहिरो असर पार्ने खतरा बढेको छ। विशेषगरी तेल मूल्यवृद्धि, वैदेशिक रोजगार संकट र सामाजिक तनाव बढ्ने सम्भावना देखिएको छ।

मध्यपूर्वबाट आयात हुने कच्चा तेल र ग्यासको आपूर्ति जोखिममा परेकोले नेपालमा पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढ्ने अनुमान गरिएको छ। नेपाल आयल निगमका अधिकारीहरूले युद्ध लामो समयसम्म चल्दा तेलको मूल्य विश्वव्यापी रूपमा बढ्न सक्ने र त्यसको असर नेपालमा समेत पर्ने बताएका छन्। महँगो इन्धनले दैनिक उपभोगका वस्तुहरूको मूल्य पनि स्वाभाविक रूपमा बढ्नेछ जसले गरिब र मध्यम वर्गका घरधुरीमा ठूलो आर्थिक भार थप्नेछ।

त्यस्तै, खाडी मुलुकहरूमा कार्यरत लाखौं नेपाली कामदारहरूको रोजगारी संकटमा पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। युद्धको प्रभावले खाडी देशहरूमा नयाँ भिसा प्रक्रिया अवरुद्ध हुन सक्छ र कामदारहरू संकटमा पर्ने जोखिम देखिन्छ। वैदेशिक रोजगारीमा समस्या आउँदा नेपालमा पठाइने रेमिट्यान्समा पनि कमी आउने सम्भावना छ, जसले नेपालको अर्थतन्त्रमा थप चुनौतीहरू सिर्जना गर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्न सक्ने र सुनचाँदीको मूल्यमा उतारचढाव आउन सक्ने पनि देखिएको छ। यसले नेपालमा आयात महँगो बनाउने र महँगाईमा बृद्धि गर्ने अवस्था सिर्जना गर्न सक्नेछ।

युद्धका समाचारले नेपालमा सामाजिक तथा धार्मिक सहिष्णुतामा असर पुर्‍याउन सक्छ। सामाजिक सञ्जालमा गलत तथा उत्तेजक सामग्रीहरू फैलिन सक्ने र त्यसबाट धार्मिक ध्रुवीकरण र सामाजिक तनाव बढ्ने खतरा छ।

विज्ञहरूले सरकारलाई तत्काल तेल आपूर्तिको व्यवस्थापन, वैदेशिक रोजगार संकटको समाधान र सामाजिक सद्भाव कायम राख्न रणनीतिक तयारी गर्न सुझाव दिएका छन्। साथै, नागरिकहरूले मितव्ययी बन्न र सामाजिक सद्भावका लागि सचेत रहन आग्रह गरिएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भूमिसुधार मालपोत भक्तपुरमा २४ लाख ५० हजार घुससहित कार्यालय प्रमुखसहित तीनजना पक्राउ
8 महिना अगाडि

भक्तपुर, असार ३२–चाँगुनारायण नगरपालिका क्षेत्रको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा ...

छुटाउनुभयो कि ?

TOP