भक्तपुर, असार ३२–चाँगुनारायण नगरपालिका क्षेत्रको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी मोहीका नाममा जग्गाधनी प्रमाणपुर्जा बनाइदिनका लागि रु. २४ लाख ५० हजार घुस मागिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई रंगेहात पक्राउ गरेको छ।
अख्तियार टंगालबाट खटिएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य, भूमिसुधार शाखाका नायब सुब्बा दीपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको हो।
घुस रकमसहित उनीहरूलाई आज मिति २०८२ साल असार ३१ गते कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
टोलीले कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान, नायब सुब्बा दीपक अधिकारीको साथबाट मोबाइल एक थान र कार्यालय सहयोगी राउतको साथबाट पनि मोबाइल एक थान बरामद गरेको छ। साथै मागिएको घुस रकम रु. २४ लाख ५० हजार समेत बरामद गरिएको छ।
मोही नाममा प्रमाणपुर्जा निकाल्ने प्रक्रियालाई अघि बढाउने प्रयोजनमा सो रकम मागिएको सूचना पाएलगत्तै अनुसन्धान टोली परिचालन गरिएको अख्तियारले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ। यस प्रकरणमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
रुपन्देही, कोटहीमाई — आज सोमबार, सीमा सुरक्षा निकायभित्रै भ्रष्टाचारको अनपेक्षित पर्दाफास भएको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!