डिजिटल ट्रान्सफरमा अब एक रुपैयाँ ३० पैसा बचत

काठमाडौं, जेठ १६-सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सेवा प्रदायकबीच हुने रकम ट्रान्सफरमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ। यस निर्णयसँगै अब प्रत्येक कारोबारमा ग्राहकको एक रुपैयाँ ३० पैसा बचत हुने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भ्याट खारेजको घोषणा गरेका हुन्। अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए। त्यसअनुसार एउटाबाट अर्को सेवा प्रदायकमा रकम ट्रान्सफर गर्दा सेवा शुल्क १० रुपैयाँका साथै १ रुपैयाँ ३० पैसा भ्याट तिर्नुपर्ने हुन्थ्यो।

नयाँ निर्णयसँगै अब सेवा प्रदायकले लिने १० रुपैयाँ मात्र तिर्नुपर्नेछ।

वित्तीय सेवामा भ्याट लगाउनु अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको भन्दै यसअघि यसको व्यापक विरोध भएको थियो। डिजिटल भुक्तानीलाई सस्तो र सरल बनाउन सरकारले भ्याट हटाउने निर्णय गरेको हो।

वित्तीय प्रणालीमा डिजिटल कारोबारको पहुँच विस्तार गर्न यो कदमलाई सकारात्मक मानिएको छ। विशेषज्ञहरूका अनुसार, यसले डिजिटल भुक्तानीतर्फ नागरिकको आकर्षण बढाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP