दथु त्वा: बाजं खल: का युवा सदस्यहरूको एसईईमा उल्लेखनीय सफलता, प्रतिक डंगोलले ल्याए GPA 4

दथु त्वा: बाजं खल: का युवा सदस्यहरूको एसईईमा उल्लेखनीय सफलता, प्रतिक डंगोलले ल्याए GPA 4

काठमाडौं, असार १४ — काठमाडौंको स्थानीय सांस्कृतिक संस्था ‘दथु त्वा: बाजं खल:’ अन्तर्गत आबद्ध युवाहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेका छन्। यस वर्षको परीक्षामा संस्थासँग सम्बन्धित ८ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका छन्।

संस्थाका सक्रिय युवा सदस्य प्रतिक डंगोलले GPA 4.0 ल्याएर खल: परिवार मात्र नभई सम्पूर्ण समुदायको गौरव बढाएका छन्। उनीसँगै एन्जेल डंगोल, शनिस बैद्य, सुव्रत वैद्य ,रन्जिता गायक , ग्रिश्मा श्रेष्ठ, सलिना राई  र बिबुसा कपाली  पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।

दथु त्वा: बाजं खल: परिवारले सामूहिक रूपमा यी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै भविष्यमा अझै प्रगति गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेको छ।

संस्थाका जात्रा तथा संस्कृति विज्ञ श्रीकृष्ण डङ्गोलले भने, "नयाँ पुस्ताको यस्तो सफलता केवल व्यक्तिगत होइन, यो हाम्रो परम्परा र संस्कारको निरन्तरतासँग समेत जोडिएको छ।"

उल्लेखनीय छ कि ‘दथु त्वा: बाजं खल:’ परम्परागत सांस्कृतिक अभ्यासमा सक्रिय संस्था हो, जसले युवाहरूलाई जात्रा, संस्कार र सामाजिक उत्तरदायित्वप्रति सचेत गराउँदै आएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP