काठमाडौं असार १३— राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्दै यस वर्ष कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिएका हुन्।
एसईई परीक्षा २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए। यो संख्या अनुसार जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीले परीक्षा दिएका थिए।
नतिजा सार्वजनिकसँगै बोर्डले विद्यार्थी तथा अभिभावकहरूलाई एसएमएस, आईभीआर सेवा र आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सकिने जानकारी दिएको छ। बोर्डले परीक्षाको निष्पक्षता, गुणस्तर र व्यवस्थापनमा सुधार ल्याउँदै आएकाे बताउँदै आगामी दिनमा अझ प्रविधिमैत्री प्रणालीमार्फत परिणाम प्रकाशनलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ।
माडी, चितवन, साउन ९ – बिनासूचना पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध भएकोप्रति आक्रोशित स्था ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!