काठमाडौं, जेठ १४ — गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती उत्पन्न भइरहेको भन्दै त्यसविरुद्ध जनस्तरको सक्रिय र एकताबद्ध सहभागिताको आह्वान गरेका छन्।
गणतन्त्रको संरक्षणका लागि सम्पूर्ण नेपाली जनतालाई जागरुक बन्न आग्रह गर्दै पोख्रेलले "राजतन्त्र पुनर्स्थापनाको चाहनामा सक्रिय भइरहेका शक्तिहरूलाई परास्त गर्न सशक्त प्रतिकार" आवश्यक भएको बताए। उनका अनुसार प्रतिगमनको खतरा पुनः उब्जिन थालेको छ, र त्यो "जन्मसिद्ध विशेषाधिकार र अनिर्वाचित शासन सत्ताको पुनर्स्थापनाको संकेत" हो।
"गणतन्त्र नेपाली जनताको बलिदान र लामो संघर्षको नतिजा हो। यसलाई कमजोर पार्ने कुनै पनि प्रयत्नलाई असफल तुल्याइनुपर्छ," पोखरेलले भने।
उनले केही आन्तरिक र बाह्य शक्तिहरू पनि गणतन्त्रविरोधी प्रवृत्तिमा संलग्न हुन खोजिरहेको उल्लेख गर्दै नागरिकहरूलाई सतर्क र सचेत रहन अपिल गरे। "नदेखिने तरिकाले बाह्य हस्तक्षेपको संकेत पनि देखिन थालेको" उनले बताए।
गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रमहरूमा सक्रिय र जनस्तरको सहभागिताको महत्वलाई जोड दिंदै पोखरेलले यस्ता सहभागीता लोकतन्त्र र गणतन्त्रको पक्षमा सशक्त सन्देश हुने धारणा राखे।
उनले देशले गणतन्त्र स्थापनापछि उल्लेखनीय उपलब्धि हासिल गरेको भए पनि प्रतिकृयावादी र प्रतिगामी शक्तिका मतियारहरूले प्रगतिमा अवरोध पुर्याउने प्रयास जारी राखेको जिकिर गरे।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया