काठमाडौ, बुधवार- ११,पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटी माग गरेको छ ।
नेपाल बुधबार नै अदालतमा उपस्थित भएका थिए । उनका तर्फबाट बहस गरेका कानून व्यवसायीले नेपाललाई विना धरौटीमा रिहा गर्न माग गरेका थिए भने सरकारी वकिल र अख्तियारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपाललाई थुनामै पठाउनुपर्ने माग गरेका थिए
।नेपाल पक्षका वकिलले राजनीतिक प्रतिशोधले नेपालविरुद्ध मुद्दा लगाइएको जिकिर गर्दै आवश्यकता परेको बखत उपस्थित हुनेगरी विना धरौटी तारिखमा रिहा गर्न माग गरेका थिए ।नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, कृष्णप्रसाद भण्डारी, गोविन्द वन्दी, खम्बबहादुर खाती र रमन श्रेष्ठले बहस गरेका थिए ।
अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता पन्त, सहन्यायाधिवक्ता उमाकान्त पौडेल, ज्ञानप्रसाद भुसाल, मोहन सागर बस्याल र उपन्यायाधिवक्ता भगवती गौतमले बहस गरेका थिए ।
काठमाडौं, साउन ९ – मधेस प्रदेशमा सरकार परिवर्तनको अड्कलबाजी भइरहेका बेला प्रदेश सरकारका प्रवक् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!