गण्डकी कोटिहोम: धार्मिक जागरण, ऐतिहासिक संकल्प र स्थानीय उत्साहको संगम

गण्डकी कोटिहोम: धार्मिक जागरण, ऐतिहासिक संकल्प र स्थानीय उत्साहको संगम

बिरौटा,कास्की २२ चैत्र -गण्डकी प्रदेशको माटो अहिले आध्यात्मिक ऊर्जा, श्रद्धा र भक्तिभावले गुञ्जायमान भइरहेको छ। नयाँ वर्षसँगै ऐतिहासिक गण्डकी कोटिहोमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। बाले योगेश्वर विजयकृष्ण मूर्तिजी महाराजको संकल्प अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, र यसले गण्डकीलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिनेछ।

स्थानीय बासिन्दा यो ऐतिहासिक अवसरको प्रत्यक्ष साक्षी बन्दै, आफ्नो अनुभव साझा गरिरहेका छन्। पोखराका व्यवसायी रामकुमार तिमिल्सिनाले भने, "गण्डकी कोटिहोमले हाम्रो क्षेत्रको धार्मिक महत्त्वलाई बढाएको छ। यहाँ आउने तीर्थयात्रीहरूले पर्यटन क्षेत्रलाई पनि प्रवर्द्धन गर्छन्, जसले गर्दा व्यवसाय, संस्कृति र सम्पूर्ण समाजमा सकारात्मक प्रभाव पर्छ।"

त्यस्तै, स्थानीय समाजसेवी माया गुरुङ भन्छिन्, "हाम्रो पुस्ताले यस्तो ऐतिहासिक धार्मिक अनुष्ठान आफ्नै आँखाले देख्न पाउनु गर्वको विषय हो। हजारौं भक्तहरूको भक्ति, महाराजको आशिर्वाद र गण्डकीको धरोहरलाई विश्वमाझ चिनाउने यो एउटा अभूतपूर्व अवसर हो।"

गण्डकी प्रदेशले यस महाअनुष्ठानको माध्यमबाट देशविदेशका भक्तजनलाई यहाँको धार्मिक महत्त्व, प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभव अनुभूति गराउनेछ। पर्यटन वर्षसँगै धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने यो पवित्र कार्यमा स्थानिय सरकार, समुदाय र भक्तजनहरूको सक्रिय सहभागिता रहनेछ।

बालयोगेश्वर महाराज स्वयं पनि भक्तजनहरूको अपार श्रद्धा देखेर भावुक भएका छन्। उनले भनेका छन्, "यो केवल कोटिहोम मात्र होइन, सम्पूर्ण मानव सभ्यताका लागि सनातन धर्मको जागरण हो। हजारौं भक्तहरूको समर्पण र सेवाभावनाले यो कार्यक्रम ऐतिहासिक बन्नेछ।"

गण्डकीले देश-विदेशका श्रद्धालुहरूलाई प्रेम, भक्ति र आध्यात्मिक ऊर्जा अनुभूति गराउने हार्दिक निमन्त्रणा दिइसकेको छ। कोटिहोमको पुण्य लाभ लिन, आत्मशुद्धि प्राप्त गर्न र गण्डकीको दिव्यता अनुभूत गर्न सबैलाई स्वागत छ! भनेर महाराजले सन्देश प्रभाह गरेकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अरबौंको भ्रष्टाचार
10 महिना अगाडि

पोखरा, वैशाख २०-राष्ट्रिय गौरवको नाममा अगाडि सारिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अरबौं ...

छुटाउनुभयो कि ?

TOP