हाजिरीजवाफ प्रतियोगितामा वामदेव समूह प्रथम

हाजिरीजवाफ प्रतियोगितामा वामदेव समूह प्रथम

काठमाडौं, वैशाख १७ — पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिक उत्सवको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा वामदेव समूहले प्रथम स्थान हासिल गरेको छ।

कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार वैशाख १५ गते सोमबार आयोजित उक्त प्रतियोगितामा १५ जना कर्मचारी सहभागी थिए। सहभागीहरूमा डेनिश उप्रेती, सरस्वती प्याकुरेल, सुशीला धमला, मनोज महर्जन, रमेश पुरी, माधव अधिकारी, विशाल शाक्य, गोविन्द प्रसाद कोइराला, गिरीराज कोइराला, उद्धव बहादुर विष्ट, कुल प्रसाद उपाध्याय, भानुभक्त उपाध्याय, इन्दिरा आचार्य र हरिओम वैद्य रहेका थिए।

प्रतियोगिताका लागि गोला प्रणालीमार्फत पाँच समूह बनाइएको थियो। ती समूहहरूलाई भगवान श्री पशुपतिनाथका पाँच मुख — सद्योजात, तत्पुरुष, वामदेव, अघोर र ईशान — का नाममा राखिएको थियो।

प्रतियोगितामा वामदेव समूह प्रथम, अघोर समूह द्वितीयतत्पुरुष समूह तृतीय भएका थिए। विजेता समूहहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष बद्रि प्रसाद पाण्डेले नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका थिए।

वार्षिकोत्सवकै अवसरमा वैशाख १६ गते बिहान भण्डारखालस्थित वन क्षेत्रमा ३९ प्रजातिका बिरुवा रोपिएको तथा दिउँसो कोष कार्यालय परिसरमा रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

रक्तदानमा सहभागिता जनाउने रक्तदाताहरूलाई वैशाख १७ गते अक्षय तृतीयाको दिन आयोजित विशेष कार्यक्रममार्फत प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको कोषले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP