माननीय मिना श्रेष्ठले जिउँदैमा आफ्नो शरीर गरिन दान

२१ कार्तिक काठमाडौ ।कोशी प्रदेशकि  माननीय मिना श्रेष्ठले मृत्युपछि आफ्नो जीवन दान गर्ने भएकिछिन।

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा नौ बर्ष अगाडि स्वैच्छिक शरीर दान गर्ने निर्णय गरेकी हुन।

मृत्युपछि आफ्नो शरीर विभिन्न बिरामीहरुमा प्रत्यारोपण  हुन सकोस  र  चिकित्सा शास्त्र अध्यन गर्दै गरेका बिद्यार्थीलाई प्रयोगमा काम लागोस भनेर  स्वैच्छिक दान गरेको मिना श्रेष्ठले बताइन् ।

आफ्नो जीवन बाचुन्जेल देशकै लागि र मरेपछि पनि देशकै लागि काम लागोस भन्ने उदेश्य बोकि इच्छा  दान गरेको भन्दै श्रेष्ठले खुशी व्यक्त गरिन।

मरेको मानिसको पनि  मुटु,कलेजो ,किड्नी ,आँखा ,छाला लगायत बाच्न चाहने दोश्रो ब्यक्तिको लागि काम लाग्छ।यसरी मृत्युपछि दान गर्नेमा माननीय श्रेष्ठ ८१ नम्बरमा छिन।

उनिले केही समय अगाडि पनि आफ्नो बुबाको १३ दिन क्रिया गरेरेर चर्चामा आएकी थिइन ।लामो समयदेखि नेकपा एमालेमा सकृय राजनीति गर्दै आइरहेकिछिन।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेका सभापति थापा-सम्बोधन
एक घण्टा अघि

नकौल, माघ १५ -नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही जिल्ला क्षेत्र नं ३ अन्तर्गत रहेको बरहथ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP