भिमु मेमोरियल ट्रस्टद्वारा द्वन्दपीडित तथा मानसिक रोगीलाई औषधि बितरण

भिमु मेमोरियल ट्रस्टद्वारा द्वन्दपीडित तथा मानसिक रोगीलाई औषधि बितरण

२० मङ्सिर काठमाडौ ।भिमु मेमोरियल ट्रस्टले आज बिहिवार शाखुमा द्वन्द्वपीडित तथा अपाङ्ग समाजमा पुगेर झन्डै एक लाख रुपैया बराबरको स्वास्थ सामाग्री तथा औषधि बितरण गर्‍यो ।

नेपाल सरकार महिला बालबालिका  परिषदका  बम बानियाँको  प्रमुख आतिथ्यमा ५३ जना मानसिक तथा शारीरिक अपांगता भएका बालबालिकारुलाइ दुई महिना  पुग्ने गरि औषधि बितरण गरिएको भिमु मेमोरियल ट्रस्टकि अध्यक्ष जानुका राइले बताइन् ।

त्यहाको अवस्था अत्यन्त नाजुक देखेर उनले बालबालिकाको लागि मासिक दशहजार रकम समेत उपलब्ध गराउने घोषणा गरिन।द्वन्द्व पीडित तथा अपांग समाज नेपालको अध्यक्ष युबराज थापाले अहिलेको अफ्ट्यारो परिस्थितिमा यति धेरै औषधि पाउदा निक्कै खुशी देखिन्थे ।

मलेसियामा ब्यापार गर्दै आइरहेका भिमु ट्रस्टका कोषाध्यक्ष बिपिन राइको समेत उपस्थित रहेकोे थियो।निरन्तर समाजसेवा गर्दै आइरहेका उनले स्थलगत रूपमा पुगेर आफ्नो सस्था मार्फत सहयोग गर्न पाएकोमा धेरै खुशी लागेको बताए ।

भिमु ट्रस्टका सचीव बिकास केसिले सम्पूर्ण ब्यब्स्थापन भुमिका निर्बाह गरेका थिए।आजको कार्यक्रमलाई सफल बनाउन भुमिका खेलेका अन्जु एल्मो राई,हास्य कलाकार पारवहन राई,सस्थाको सदस्य बिनिता राई,सदस्य पवन राइ र राष्ट्रिय गायक रुपकुमारले पुराएको योगदानको कदर गर्दै भिमु ट्रस्टकि  अध्यक्ष जानुका राइले सबैमा  धन्यवाद दिएकिछिन ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पाँच एसएसपी डिआइजिमा बढुवा सिफारिस
एक बर्ष अगाडि

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआई ...

छुटाउनुभयो कि ?

TOP