स्थानीय तहको उप-निर्बाचनमा काङ्ग्रेस प्रथम ,माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

स्थानीय तहको उप-निर्बाचनमा काङ्ग्रेस प्रथम ,माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

१८ मङ्सीर काठमाडौ ।४१ विभिन्न पदको लागि मंसिर १६ गते भएको उप-निर्बाचन सभ्य र भब्य ढंगबाट सम्पन्न भयो।

शान्ति पुर्ण भएको निर्बाचनको अधिकाम्स परिणामहरु  सार्वजनिक भैसकेकाछन।

खासगरी ठुला दलहरूकै बीचमा प्रतिस्पर्धा हुन पुग्यो।

स्थानीय चुनाबमा अघिल्लो पटक भएको निर्बाचनको बिजयी ताज कुनै दलले पनि जोगाउन सकेनन।

स्वतन्त्रदेखि अन्य थुप्रै दलले उम्मेदवारी दिएको भएपनी मानिसहरले उनिहरुलाइ पत्याउन सकेनन।

राप्रपा नेपालले त झन एक सिट पनि जित्न सकेन।अहिलेको निर्वाचनमा नेपाली काङ्ग्रेस प्रथम ,माओबादी दोश्रो र नेकपा एमालेले तेस्रो स्थान हासिल गरेकाछन।

नेपाली काङ्ग्रेसले एक जना प्रमुख सहित १६ वडा अध्यक्ष जित्यो।नेकपा माओवादी केन्द्रले एक प्रमुख ,दुई उप प्रमुख र ७ वडा अध्यक्ष हात पार्यो।त्यसैगरी नेकपा एमालेले एक जना प्रमुख ,दुई उप-प्रमुख ,५ वडा अध्यक्ष जित हासिल गरेकोछ।

जनता समाजबादीले २ वडा अध्यक्ष  र राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौ -१६ मा वडा अध्यक्ष जितेर  आफ्नो इज्जत बचायो ।

अझै तीन पदको मत परिणाम आउन बाकी रहेकोछ।यस बर्षको चुनावलाई विश्लेषण गर्ने हो भने सत्ता पक्ष नेकपा एमाले प्रती जनता रुष्ट हुन पुगेको  देखियो।

सत्ता छोड्नु परेको माओवादीलाई भने स्थानीय उप निर्बाचनले हौसला थपेकोछ।आखिर सबै उस्तै त हुन भनेर अलि धेरै भोट काङ्ग्रेसलाई गएको देखिन्छ ।

नेपाली काङ्ग्रेस प्रथम भएपनी नेपाली जनताले पुरस्कृत भने गरेका होइन।नयाँलाई पत्याउन गाह्रो भएको स्तिथिमा पुरानालाई जिताउनु नेपाली जनाताको बाध्यता रहेको भन्छन् राजनैतिक बिश्लेषकहरु।

आगामी दिनमा राजनैतिक दलहरू सबै सच्चेर जनताको बिश्वास जितुन,अहिले जितेका उम्मेदवारहरुलाइ पनि हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुईजना बढुवा
एक बर्ष अगाडि

काठमाडौ ।नेपाल प्रहरीको जनपद तर्फ प्रहरी अतिरिक्त महानिरीक्षक पदमा आज दुई जनाको बढुवा भएकोकोछ। ने ...

छुटाउनुभयो कि ?

TOP