१९ मङ्सिर काठमाडौ ।सभामुख देवराज घिमिरेले अपाङ्गताजस्तो संवेदनशील विषयलाई राष्ट्रले आत्मसाथ गर्दै गइरहेको भएपनी अझै प्रयाप्त नभएको बताए ।
बुधबार काठमाडौँमा आयोजित अपाङ्गता भएका युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुखले संविधानले भेदभावरहित कानुन बनाउने कुराको ग्यारेन्टी गरेको जानकारी दिए।
अपाङ्गता भएका व्यक्तिहरुको सम्मानको कुराहरु पनि गरेको छ । कानुन बन्न निर्देशित गर्छ र बनेका पनि छन् । तर, कानुनहरु कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमिहरु भइरहेका छन् ।
यो क्षेत्रको संवेदनशीलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसाथ गर्नैपर्ने जिकिर गरे। जति आत्मसाथ गराउन सक्छौँ त्यति नै यो क्षेत्रको समावेशिता हुन सक्छ ।’
सभामुख घिमिरेले विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशिताको बलियो आधार बन्नेमा जोड दिए ।
उनले भने , ‘समावेशिताको कुरा गरिरहँदा समावेशिता नीति र सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने तह र राज्यका विभिन्न अङ्गहरुले यसलाई अपनाएर मात्रै सम्भव छैन । मेरो विचारमा समावेशिता सक्षम हुनुपर्छ । त्यसपछि मात्रै यी कुराहरु कार्यान्वयन गर्ने आधार बन्न सक्छ।
सम्बादाता
- २०८१-०८-१९
एक बर्ष अगाडि
काठमाडाैँ । विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल स्काउटका केन्द्रीय आयुक्त कारबाह
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!