मैले गल्ती गरेकोछैन,षड्यन्त्र गर्नेको भलो हुनेछैन :बालयोगेश्वर बिजय कृष्ण मुर्ति जि महाराज
सम्बादाता
२०८१-०५-०२
169
Shares
काठमाडौ ।बालयोगेश्वर बिजय कृष्ण मुर्ति जि महाराजले आफुमाथी लागेका आरोपहरु झुटो रहेको बताएकाछन।आफ्नो फेसबुक मार्फत उनले सो कुरा बताएकाछन।आफुले कुनै गल्ती नगरेको हुनाले कुनैपनी हल्लाको पछाडि नलाग्न उनले सबैमा अपिल गरेकाछन।उनले भनेकाछन म विरुद्ध लाग्नेको भलो हुनेछैन।
सरकारी सम्यतन्त्र दुरुपयोग गरेर उनी माथी कोटिहोम समापन भएको राति प्रहरी पुगेर दुव्र्यवहार गरि दुई जना सहयोगीलाई समेत नियन्त्रणमा लिएको थियो।प्रहरी दमनको सर्बत्र बिरोध भएपछि उनिहरुलाइ केही बेरमा छाडिएको थियो।अचम्मको कुरा त के थियो भने प्रहरी र उनी विरुद्ध लागिरहने मिडिया एकै चोटि कोटिहोम कसरी पुगे?रेड मिडियाको समेत उनीहरुलाई प्रश्न छ?पक्कै पनि सुनुयोजित स्वार्थ जोडिएकैछ।
पशुपति कोटिहोम महायज्ञ सड्ढल्प गरेर सब्य/भब्य ढंगलेबाट पशुपति कोटिहोम महायज्ञ सफल पुर्बक सन्चालन गरेर सफल पारेका उनी विरुद्ध केही मिडियाहरु निरन्तर खनिरहेकाछ्न।संबंधित विषयमा प्रश्न राख्नु मिडियाको धर्म भएपनी चरीत्र हत्या गरिरहनु पित्त पत्रकारिता सिबाय अरु केही हुन सक्दैन ।राज्य तहबाट भ्रामक हल्लाले उत्पन्न परिस्थितिमा प्रहरीले गरेको दुव्र्यवहारको समेत छानबिन गर्ने निर्णय भैसकेकोछ।१५ दिन भित्र छानबिन गरि दोषीलाई कार्बही गर्ने गरि सहायक काठमाडौ प्रमुख जिल्ला अधिकारीको सम्योजत्वमा ७ सदस्य छानबिन समिति गठन भैसकेकोछ।
मामाघर र छोरी घर भवन निर्माण सयोगार्थ संचालित कोटिहोम साउन महिना भरी सन्चालन भयो।आम मानिसहरुको उल्लेख उपस्तिथि पनि रहयो।कुनै पनि नागरिकले देश भित्र कानुन अनुसार पबित्र कामको प्रसम्सा गर्नु पर्ने ठाउँमा जबर्जस्ति यसरि राज्य शक्तिको दोहन गरि निरन्तर बिजय कृष्ण मुर्तिलाई सिध्याउन लागिरहन्छ भने जो कोहि बिरुद्द पनि राज्यले कडा कदम चालेर निर्दोष ब्यक्तिलाई न्याय दिनु राज्यको दायित्व हुन आउछ ।
प्रतिक्रिया