हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा तीन बजेदेखि दर्शन गर्न सकिने ,सम्पर्कको लागि ८ जनाको नम्बर सार्वजनिक
सम्बादाता
२०८१-०५-२०
70
Shares
२० भदौ काठमाडौ ।अघिल्ला बर्षझै यस बर्षपनि पशुपतिनाथ मन्दिरको दर्शन बिहान तिन बजेदेखि गर्न सकिने भएकोछ।पशुपति क्षेत्र बिकाश कोषले आज पत्रकार सम्मेलन गरि सोको जानकारी दिएको हो।
दर्शनको लागि आउने ब्रतालु भक्तहरुलाइ दर्शन गर्न सहज होस भनेर नियमित जस्तै यस बर्षपनि तिनबजेदेखी चारवटै ढोका खुल्ला हुने पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवति रमण अधिकारीले जानकारी दिए।
सनातन हिन्दु नारिहरु निरहार व्रत बस्ने भएको हुनाले पुरुषबाट छोइछाइ नहोस् भनेर मन्दिर प्राङ्गणमा खटिने कर्मचारी महिलाहरु मात्र हुनेसमेत बताएकोछ।
पशुपति क्षेत्र बिकास कोषका खटिने कर्मचारी बाहेक नेपाल प्रहरीका ६ सय २० जना महिला प्रहरी कर्मचारिहरु खटिनेछन।
शान्ति ,सुरक्षा र स्वास्थ्यको सम्पूर्ण तयारी मिलाइसकेको अबस्थामा कुनै समस्या भएमा सम्पर्क राख्न सकिने भन्दै कोषले ८ जनाको फोन नम्बर सार्बजनिक गरेकोछ।जस अन्तर्गत सदस्य सचीव डा.मिलन्कुमार थापा ९८५१२४२८०८,९८०३५३०१७३ कोषाध्यक्ष नारायणप्रसाद सुवेदी ९८५११८२५०५,कार्यकारी निर्देशक शुभाषचन्द्र जोशी ९८५१०९९३०४,उपनिर्देशक /प्रबक्ता रेवति रमण अधिकारी ९८४१२७१३४१,सस्कृत संरक्षण महाशाखा निमित्त प्रमुख ईश्वरमान भण्डारी ९८४१४४३९६७, अरुणकुमार श्रेष्ठ ९८४१३८४०४५ ९८५१३३०३४१,भुबनहरी दहाल ९८४१८४४३११ र डिएसपी केसबकुमार थेबे ९८५१२८३३२७ सार्वजनिक गरेकोछ।
प्रतिक्रिया