२६ भदौ काठमाडौ ।पशुपति कोटिहोमको आम्दानी खर्च बिवरण आज बिहिवार मानव सेवा फाउन्डेसन नेपालले सार्बजनिक गरेकोछ।फाउन्डेसनको केन्द्रिय कार्यलय कलङ्कीमा कोटिहोम सड्ढल्पकर्ता बिजय कृष्ण मुर्ति जि महाराजले पत्रकार सम्मेलन गरि सम्पुर्ण आम्दानी खर्चको हिसाब सार्बजनिक गरेका हुन।उनका अनुसार २० करोड १५ लाख ८२ हजार ४ सय ९० आम्दानी हुदा २० करोड ८८ लाख ३२ हजार ७ सय ९४ रुपैया ३८ पैसा खर्च भएकोछ।जस्मा ७२ लाख ५० हजार ३ सय ४ रुपैया घाटा हुन पुगेकोछ।असार २८ गतेदेखि साउन ३२ गतेसम्म पशुपति क्षेत्रमा कोटिहोम सन्चालन भएको थियो।मामाघर र छोरी घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद तथा भवन निर्माण गर्ने मुख्य उदेश्य राखी त्यस क्षेत्रमा कोटिहोम भएको थियो ।
- २०८१-०५-२९
एक बर्ष अगाडि
२२ असोज काठमाडौ ।बजारमा किनमेल गर्न पुग्दा किनमेल गर्ने सामानहरु अचाक्ली आकासिएकाछन।दिनानुदिन मुल्य
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!