गृहिणी महिला संघ नेपालको १२ औं साधरण सभा सम्पन्न

गृहिणी महिला संघ नेपालको १२ औं साधरण सभा सम्पन्न

२४ भदौ काठमाडौ ।गृहिणी महिला संघ नेपालले आज सोमबार  काठमाडौमा आफ्नो १२ औ बार्षिक साधारण सभा सम्पन्न गरेकोछ।

उक्त कार्यक्रममा सस्थाको बार्षिक प्रतिबेदन /आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।

राष्ट्रिय सभाकी सदस्य माननीय कमला पन्त प्रमुख अतिथि रहेको साधारण सभाको अध्यक्षता सस्थाकै अध्यक्ष अमृता शर्माले गरेकी थिइन ।

सस्थाले बर्षभरी अमुल्य योगदान गरेका ब्यक्तिहरुलाइ सम्मान गरेको थियो।

औपचारिक कार्यक्रमको बिच गृहिणी महिला संघ नेपालको आफ्नै गित बिष्णुमाया पौडेलले प्रस्तुत गरेकी थिइन भने कार्यक्रम कुशल ढंगले सरिता आचार्यले सन्चालन गरेकी थिइन ।

कार्यक्रममा  सर्बोच्च अदालतका पुर्ब रजिस्ट्रार डा.रामकृष्ण तिमिल्सिना ,माननीय बिष्णु ओझा,बरिस्ठ चिकित्सक डा.कस्तुरी मल्ल,काठमाडौ महानगर वडा ३ का अध्यक्ष प्रेम थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए।सस्थाको सदस्यहरु,पत्रकार ,बुद्दिजिबी, गृहिणीहरु 
समाजसेवी ,शिक्षाप्रेमी लगायतको बाक्लो उपस्थिति सगै सभ्य भब्य ढंगबाट साधरण सभा सम्पन भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मौसम अझै सकृय ,यी प्रदेशमा पर्नेछ पानी
एक बर्ष अगाडि

असोज काठमाडौ ।अझैपनी पानी टरेकोछैन।जहाँ छौ,त्यही सतर्क रहेर बस्नुपर्छ । आज दिउँसो देशभर आंशिक देख ...

छुटाउनुभयो कि ?

TOP