साउन ९ काठमाडौ ।उदयपुर बार एसोशियसनको चुनाव धाधली भएको भन्दै पुर्ब अध्यक्ष बैकुण्ठनाथ दाहाल लगायत उनी निकट टोलि न्यायको लागि बारको केन्द्रिय कार्यलय ढकढक्याउन पुगेकाछन।
अबैधानिक ढंगले निर्बाचित भएका समितिको खारेजीको माग गर्दै उनिहरु उदयपुरदेखि काठमाडौ आइपुगेका हुन।उदयपुर बार पुर्ब अध्यक्षको टिम सहित यहाँ आइपुगेकाछन।बारको केन्द्रिय कार्यलयले आफुहरुको माग सुनुवाइ गर्नेमा बिश्वास रहेको पुर्ब अध्यक्ष दाहालले रेडमिडियालाइ बताए ।
एमाले निकट कानुनी व्यावसायिहरुले अहिलेको निर्बाचित उदयपुर बार एसोशियसनमा आर्थिक अपचलनको आरोप चुनाव हुनुअगावैदेखि लगाउदै आएकाछन।
आर्थिक आरोपमा मुछिएका अध्यक्ष ,उपाध्यक्ष र कोषाध्यक्षनै पुन: निर्बाचित गरिएकोले छानबिनको माग राखी प्रगतिशील पेशागत कानुन व्यावसायि सङगठ्नका अध्यक्ष हिमालकुमार खड्काले चुनाव अगाडिनै प्रेस बिगप्ती निकालेर बिरोध गरेको भएपनी कुनै सुनुवाइ नभएको उनिहरुको आरोप रहेकोछ।
छानबिन समितीले छानबिन नगरेको ,चुनाब बिधान अनुसार प्रयाप्त समय उपलब्ध नगराई चुनाब हचुवाको भरमा गरेर बिधानमाथीनै मिचेर चुनाब गरेकोले यो समितिलाई कुनै हिसाबले मान्न नसकिने उदयपुरका पुर्ब बारका अध्यक्ष बैकुण्ठनाथ दाहालले बताए ।
बारको केन्द्रिय कार्यलयमा बिहीवार यस बिषयमा गम्भीर छलफल हुने उनिहरुले बताएकाछन।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया