सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु; तीन अझै बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु; तीन अझै बेपत्ता

धनकुटा । सप्तकोशी नदीमा यात्रुवाहक पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। आइतबार दिउँसो धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित त्रिवेणी क्षेत्रमा भएको दुर्घटनापछि बेपत्ताको खोजी तीव्र पारिएको छ।

भोजपुरको हतुवागढी गाउँपालिका-९ स्थित कोप्चेबाट सुनसरीको चतरातर्फ जाँदै गरेको पानीबोटमा चालकसहित १५ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार पानीबोटको ब्रेकमा समस्या आएपछि दुर्घटना भएको आशंका गरिएको छ।

दुर्घटनापछि उद्धार गरिएका १२ जनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये सुनसरीको बराहक्षेत्र नगरपालिका-१ की ५२ वर्षीया लीला राईको पहिचान खुलेको छ। अन्य दुई मृतक एक बालिका र एक पुरुषको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा भोजपुरका ३१ वर्षीय मोहन सुनार घाइते भएका छन्। उनको चतरा अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा झापाका सात वर्षीय शिवक मगर तथा सुनसरीका २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोरसमेत परिचालन गरी खोजी जारी राखेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इरानको आणविक क्षमता ध्वस्त पारेको ट्रम्पको दाबी, तर पूर्ण विनाशको पुष्टि छैन
एक घण्टा अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरूमा गरिएको सैन्य आक्रमणले उसको ...

छुटाउनुभयो कि ?

TOP