चर्चामा
काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जान चाहने नेपालीका लागि १ हजार ४६४ जनाको आवेदन खुलेको छ।
वैदेशिक रोजगार विभागका अनुसार इजरायलले १ हजार १३२ महिला र ३३२ पुरुष सहायक कामदारका लागि माग गरेको हो।
आवेदन दिन इच्छुक २५ देखि ४५ वर्ष उमेर समूहका नेपालीले भदौ २३ गतेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली ferms.dofe.go.np मार्फत दिन सकिनेछ। इच्छुक आवेदकले तोकिएको समयभित्र आवश्यक विवरण तथा कागजातसहित आवेदन दिन विभागले जनाएको छ।
साइबेरिया । रुसको साइबेरियामा प्लेगलगायत सङ्क्रामक रोगबारे अनुसन्धान गर्ने प्रयोगशालाकी २८ वर्षीया क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!