इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जान चाहने नेपालीका लागि १ हजार ४६४ जनाको आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले १ हजार १३२ महिला र ३३२ पुरुष सहायक कामदारका लागि माग गरेको हो।

आवेदन दिन इच्छुक २५ देखि ४५ वर्ष उमेर समूहका नेपालीले भदौ २३ गतेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली ferms.dofe.go.np मार्फत दिन सकिनेछ। इच्छुक आवेदकले तोकिएको समयभित्र आवश्यक विवरण तथा कागजातसहित आवेदन दिन विभागले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP