पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई ताराखोला गाउँपालिकाको एकएक लाख राहत

पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई ताराखोला गाउँपालिकाको एकएक लाख राहत

बागलुङ । पहिरोमा परी ज्यान गुमाएका बागलुङको ताराखोला गाउँपालिकाका तीन परिवारलाई गाउँपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद राहत उपलब्ध गराएको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । अध्यक्ष विक, प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल तथा सम्बन्धित वडाका अध्यक्षसहितको टोली पीडितको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।

असोज दोस्रो साता आएको पहिरोमा परी ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । पहिरोमा घर पुरिँदा ताराखोला-५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उनकी सासु म्याग्दीको मालिका गाउँपालिका-२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

बाढीपहिरोका कारण गाउँपालिकाका विभिन्न स्थानमा घरबास, सडक, विद्यालय तथा सार्वजनिक भवनसँगै विद्युत् संरचना र प्रसारण लाइनमा समेत क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए ।

गाउँपालिकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सहयोग गर्नसमेत अपिल गरेको छ । यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो प्रभावितलाई पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP