नुवाकोट । नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित ८० जना स्वाराडाँडा जंगलमा १९ वटा टेन्टमा आश्रय लिएर बसिरहेका छन्। विस्थापितको संख्या थपिँदै गए टेन्टसमेत अपुग हुने अवस्था रहेको स्थानीयले बताएका छन्।
विस्थापितहरूका अनुसार उनीहरूलाई सिरक, डस्ना, भाँडाकुँडा, तरकारी, कपडा, औषधि, पिउने पानी तथा खाना पकाउने ग्यासको अभाव छ। आवश्यक राहत तथा व्यवस्थापन हुन नसक्दा जंगलमा बसिरहेका विस्थापितलाई थप समस्या भएको छ।
यसैबीच, बेत्रावतीका ६ वटा टोलबाट १९३ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्। बाढी आएको १२ दिन बितिसक्दा पनि बेपत्ताको खोज तथा उद्धार प्रभावकारी रूपमा हुन नसकेको उनीहरूको गुनासो छ।
स्थानीयले बेपत्ताको तत्काल खोजी तीव्र पार्न तथा विस्थापितका लागि आवश्यक राहत सामग्री र अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!