कपिलवस्तुमा देउवा पक्षको पालिका अधिवेशन तीव्र, चार पालिकामा सम्पन्न, तीनमा जारी

कपिलवस्तुमा देउवा पक्षको पालिका अधिवेशन तीव्र, चार पालिकामा सम्पन्न, तीनमा जारी

बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कपिलवस्तुमा पालिका अधिवेशनलाई तीव्रता दिएको छ। जिल्लाका कुल १० पालिकामध्ये ४ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ३ पालिकामा बुधबार अधिवेशन चलिरहेको छ।

नेपाली कांग्रेस देउवा पक्ष कपिलवस्तुका जिल्ला संयोजक राजेश सिंहका अनुसार बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको छ।

त्यस्तै यशोधरा गाउँपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा भने बुधबार अधिवेशन जारी रहेको छ।

बाँकी रहेका तीन पालिकामा पनि आगामी एक-दुई दिनभित्रै अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको संयोजक सिंहले जानकारी दिए।

"वडा अधिवेशनपछि गाउँ तथा नगर अधिवेशन पनि उत्साहका साथ धमाधम भइरहेको छ, संयोजक सिंहले भने, "बाँकी रहेका पालिकाहरूको अधिवेशन पनि छिट्टै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ।"

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP