चर्चामा
काठमाडौं । गायक तथा संगीतकार उमाशंकर जोशीको नयाँ देउडा गीत ‘गाउँमा हल्ला चल्यो’ सार्वजनिक भएको छ।
प्रेमकथामा आधारित गीतमा एउटै गाउँमा बस्ने प्रेमी–प्रेमिकाबीचको सम्बन्ध, प्रेमसँगै जोडिएका पीडा, भावना र मायालाई देउडा भाकामार्फत प्रस्तुत गरिएको छ।
गीतमा उमाशंकर जोशी र रेखाको स्वर रहेको छ भने संगीत उमाशंकर जोशीकै रहेको छ। कृष्ण मल्ल ठकुरीको शब्द रहेको गीतमा देवेश राईको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ रहेको छ।
प्रेम, पीडा र गाउँले परिवेशलाई केन्द्रमा राखिएको ‘गाउँमा हल्ला चल्यो’ उमाशंकर जोशीको पछिल्लो सांगीतिक प्रस्तुति हो। जोशीले यसअघि ‘मनकी कली’, ‘पिरतीको हल्ला’ र ‘मुगु रारा ताल, लाउ कि नलाउ मायाजाल’ लगायतका देउडा गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान बनाएका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!