महाधिवेशन प्रतिनिधिमा राजेश मैनालीको उम्मेदवारी, युवा सहभागिता र संगठन सुदृढीकरणलाई प्राथमिकता

महाधिवेशन प्रतिनिधिमा राजेश मैनालीको उम्मेदवारी, युवा सहभागिता र संगठन सुदृढीकरणलाई प्राथमिकता

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट युवा तर्फ खुला महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार राजेश मैनालीले संगठन सुदृढीकरण, युवा सहभागिता वृद्धि र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्।

उम्मेदवारी घोषणा गर्दै मैनालीले युवा पुस्ताको सक्रिय सहभागिता र सकारात्मक सोचबाट मात्रै संगठनलाई थप बलियो बनाउन सकिने बताएका छन्। उनले सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै पार्टी र संगठनका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेका छन्।

मैनालीले नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा काम गर्नुका साथै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको सदस्य, १४औँ महाधिवेशनमा वडा सदस्य तथा अन्य विभिन्न संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएको बताएका छन्।

उनले अबको राजनीतिक यात्रा युवाको सहभागिता, संगठनको सुदृढीकरण, व्यवसायीका जायज माग र मुद्दाको प्रतिनिधित्व तथा जिम्मेवार नेतृत्व निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

आगामी दिनमा पनि संगठनप्रति प्रतिबद्ध रहँदै इमानदारी, सक्रियता, पारदर्शिता र समन्वयका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मैनालीले महाधिवेशन प्रतिनिधिका लागि आफूलाई सहयोग गर्न क्षेत्र नम्बर १ का प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP