काठमाडौं । शिक्षक पदमा नियुक्ति लिन नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्गाहाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगले प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा खन्गाहाले शिक्षक सेवामा प्रवेश गर्ने क्रममा भारतको नागाल्याण्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमा बाट जारी भएको भनिएका प्रवेशपत्र, प्राप्ताङ्कपत्र र बसाइँसराइ प्रमाणपत्र लगायतका कागजात पेश गरेको पाइएको जनाएको छ। अनुसन्धानका क्रममा ती कागजातमा झुट्टा विवरण तथा नक्कली प्रमाणपत्र प्रयोग भएको खुलेको आयोगको दाबी छ।
आयोगका अनुसार खन्गाहाले २०५९ साल मंसिर १ गतेदेखि लागू हुने गरी श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा अस्थायी प्राथमिक तह शिक्षक पदमा नियुक्ति लिएका थिए। त्यसपछि २०७५ साल चैत २९ गते सोही विद्यालयमा स्थायी प्राथमिक तह शिक्षक पदमा समेत नियुक्ति लिएको अनुसन्धानबाट खुलेको जनाइएको छ।
हाल उनी मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणी गाउँपालिका–२ मा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत रहेको र पदसँग सम्बन्धित लाभ तथा सुविधा लिँदै आएको आयोगले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा १ अनुसार कसुर ठहर हुने भन्दै सोही ऐनबमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!