बिष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश

बिष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौ ।सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका एमाले उपाध्यक्ष बिष्णु पौडेल को बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालत ले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेल को इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै असार १६ गतेका लागि पेसी तोकेको हो।

यसअघि विशेष अदालत ले पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिँदै म्याद थप गरेको थियो। त्यसपछि उनकी पत्नी दोमाया पौडेल ले पक्राउ गैरकानुनी भएको दाबी गर्दै विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।

सर्वोच्चले आदेशमा ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनुनपर्ने हो ?’ भन्दै सम्बन्धित निकायसँग लिखित जवाफ माग गरेको छ। साथै, मनासिब आधार, कारण र प्रमाण भए असार १५ गतेभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत सक्कल कागजातसहित पेश गर्न आदेश दिएको छ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमेश बडाल, धर्मराज पौडेल, टीका बहादुर कुँवर, आभास रेग्मी र किर्तिनाथ शर्मा ले बहस गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP