ललितपुर ।ललितपुरमा नक्कली ब्राण्डेड मदिराको अवैध कारोबार चलिरहेको गोप्य सूचनापछि सशस्त्र प्रहरीले ठूलो अपरेशन गरेको छ। महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरमा छापा मार्दा रेड लेबल, ब्ल्याक लेबल लगायत महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन भइरहेको खुलासा भएको छ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले विशेष सूचना पाएपछि विर्खबहादुर तामाङको घरमा छापा मारेको थियो। छापाका क्रममा नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछाप खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन्।
छापाका क्रममा प्रहरीले ठूलो परिमाणमा रेड लेबल, ब्ल्याक लेबल लगायतका मदिरा, रक्सी बनाउन प्रयोग हुने केमिकल, उपकरण, राजश्व स्टिकर तथा होलोग्राम समेत बरामद गरेको जनाएको छ। बरामद मदिराको मात्रा अत्यधिक रहेकाले यकिन विवरण आउन बाँकी रहेको छ।
सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
यो घटनाले बजारमा बिक्री भइरहेका महँगा ब्राण्डका मदिरामाथि गम्भीर प्रश्न उठाएको छ। उपभोक्ताले सेवन गरिरहेको मदिरा सक्कली हो कि नक्कली भन्ने चिन्ता फेरि एकपटक सतहमा आएको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!