झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जेठ ४ गते विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गर्दै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा उनको साथबाट ५ सय ७० ग्राम सुन, अमेरिकी डलर २० हजार, भारतीय रुपैयाँ ८५ हजार ४ सय १० नगद बरामद भएको प्रहरीले जनाएको छ। साथै भारतीय आधार कार्ड १ थान, विभिन्न ब्रान्डका मोबाइल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक १ थान तथा ७ वटा सिमकार्डसमेत फेला परेको छ।
बरामद सुन र अन्य सामग्रीसहित नियन्त्रणमा लिइएका पाठकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ।
प्रहरीका अनुसार उनी कुन उद्देश्यले नेपाल प्रवेश गरेका थिए भन्ने विषय अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!