अर्बौँको मनी लाउन्डरिङ प्रकरण: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

अर्बौँको मनी लाउन्डरिङ प्रकरण: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । अर्बौँ रुपैयाँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार दुवै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

अख्तियार तथा अनुसन्धान निकायले प्रतिवादी बनाएका भट्टमाथि सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। उनीहरूमाथि हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन तथा शुद्धीकरण गरेको आरोप लगाइएको छ।

उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा अदालतले उनीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अदालतको आदेशपछि भट्ट र अग्रवाललाई डिल्लीबजार कारागार चलान गरिएको छ। मुद्दाको अन्तिम फैसला भने अदालतबाट हुने थप सुनुवाइपछि आउनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीमानको कुटाइः श्रीमतीको मृत्यु
1 हप्ता अगाडि

दोधारा चाँदनी कञ्चनपुर, ३२ असारसोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएक ...

छुटाउनुभयो कि ?

TOP