काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७१० कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
संवाददाता
- २०८३-०१-३०
14 घण्टा अगाडि
काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको माहोल तातिएको छ। सं
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!