काठमाडौंमा मागिखानेमाथि प्रहरी कारबाही : १०५ जना नियन्त्रणमा

काठमाडौंमा मागिखानेमाथि प्रहरी कारबाही : १०५ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा मागेर हिँड्ने तथा सर्वसाधारणलाई हैरानी दिएको आरोपमा प्रहरीले १०५ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी ले जानकारी दिए ।

प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये ४५ जनालाई तिलगंगास्थित मानव सेवा आश्रमको होल्डिङ सेन्टरमा राखिएको छ भने ४४ जनालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ ।

त्यस्तै ९ जनालाई रानिबनस्थित मानव सेवा आश्रममा पठाइएको प्रहरीले जनाएको छ । अन्य व्यक्तिलाई भने बालाजु प्रहरी वृत्तमा राखिएको छ ।

प्रहरीले सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा माग्ने, बाटो अवरुद्ध गर्ने तथा सर्वसाधारणलाई असहज बनाउने गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP