सरकारलाई आयोगले बुझायो ‘मानवअधिकारका विषयहरू’

सरकारलाई आयोगले बुझायो ‘मानवअधिकारका विषयहरू’

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेस गरेको छ ।

नेपालको संविधान, अन्य प्रचलित कानुन र नेपालले अनुमोदन गरेका अन्तरराष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानवअधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सोका लागि गरिनुपर्ने कार्यहरूसमेत उल्लेख गरी आयोगले सरकारसमक्ष पेस गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । 

आयोगले यही वैशाख २५ मा पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानुनी सुधार, सङ्क्रमणकालीन न्याय, मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवअधिकार, मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवअधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ ।

पत्रमा निर्वाचन, मानवअधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवअधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ । आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP