काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। उनले आरोप प्रमाणित भएमा सार्वजनिक जीवन नै त्याग गर्न तयार रहेको बताएका छन्।
आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा उनले आफूविरुद्ध लागेका आरोपलाई ‘ननसेन्स’ भन्दै खारेज गरे। “ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोप गलत हो। प्रमाण ल्याएर आउनुहुन्छ भने म कठघरामा उभिन तयार छु,” उनले भने।
वाग्लेले थप स्पष्ट पार्दै भने, “यदि स्वर्णिम वाग्लेले दुई रुपैयाँ पनि बदमासी गरेको प्रमाणित भयो भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु। यो मेरो चुनौती हो।”
उनले अन्य सांसदहरूलाई पनि यस्तै आँट राख्न आग्रह गर्दै बैठकमा आफ्नो धारणा राखेका थिए।
कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!