काठमाडौ ।सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सिंगा ओभल मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि लोकेश बम अविजित ४४ रन बनाउँदै शीर्ष स्कोरर रहे। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। यसअघि कुशल भुर्तेलले २० रन र आसिफ शेखले १ रन जोडे।
नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै एकतर्फी जित निकाल्यो र फाइनल यात्रा तय गर्यो।
डोल्पा। लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा गएराति पहिरोसहितको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!