‘बोल्ने होइन, गर्ने’ एजेन्डासहित मैदानमा मेघनाथ भुर्तेल

‘बोल्ने होइन, गर्ने’ एजेन्डासहित मैदानमा मेघनाथ भुर्तेल

काठमाडौ ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेलले ‘बोल्ने होइन, गर्ने’ एजेन्डासहित आफ्नो चुनावी अभियानलाई औपचारिक रूपमा अघि बढाएका छन्।

लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा सक्रिय रहँदै आएका भुर्तेलले व्यवसायीका समस्या समाधान, संघको संस्थागत सुदृढीकरण र वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। उनले नेतृत्व केवल भाषण र आश्वासनमा सीमित नभई परिणाममुखी हुनुपर्ने धारणा राख्दै आफूले विगतमा गरेका कामका आधारमा व्यवसायीहरूको विश्वास प्राप्त गर्ने बताएका छन्।

भुर्तेलले वैदेशिक रोजगार व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या समाधानका लागि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्। व्यवसायीको हकहित संरक्षण, सरकारसँगको समन्वय, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई उनले आफ्नो चुनावी अभियानको केन्द्रमा राखेका छन्।

निर्वाचनको माहोल तातिँदै जाँदा व्यवसायीहरूबीच नेतृत्वको क्षमता, अनुभव र कार्यसम्पादनबारे व्यापक छलफल भइरहेको छ। यसबीच भुर्तेल पक्षले आफ्नो अभियानलाई व्यवसायी एकता, संस्थागत सुधार र परिणाममुखी नेतृत्वको आधारमा अघि बढाउने जनाएको छ।

यसैबीच, अध्यक्ष पदका उम्मेदवार भुर्तेलको औपचारिक चुनावी टिम घोषणा गरिएको छ। टिम घोषणापछि केहीबेरमै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय पुगेर उम्मेदवारीसहित प्यानलको औपचारिक नाम दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
13 घण्टा अगाडि

प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलको निरन्तर अवरोधका कारण ...

छुटाउनुभयो कि ?

TOP