काठमाडौ ।इराकले स्ट्रेट अफ हर्मुजसम्बन्धी संकट अन्त्य भएको सात दिनभित्रै तेल उत्पादन र निर्यातलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन सक्ने जनाएको छ।
शनिबार इराकका उप–तेलमन्त्री बासिम मोहम्मदले यस्तो दाबी गर्दै संकटका कारण प्रभावित आपूर्ति प्रणालीलाई छिटो पुनःस्थापना गर्न सकिने बताएका हुन्। उनका अनुसार तेल उत्पादन संरचना, भण्डारण क्षमता र निर्यात मार्गहरू तयार अवस्थामा रहेकाले संकट हट्नेबित्तिकै उत्पादन बढाएर नियमित आपूर्ति सुनिश्चित गर्न सकिनेछ।
स्ट्रेट अफ हर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने गर्दछ। यस क्षेत्रमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेको थियो।
इराकले भने आफ्नो उत्पादन क्षमतामा दीर्घकालीन असर नपरेको स्पष्ट पार्दै संकट समाधान भए लगत्तै पुरानै स्तरमा फर्कने तयारी भइरहेको जनाएको छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार यदि इराकले दाबीअनुसार छोटो समयमा उत्पादन र निर्यात सामान्य बनाउन सकेमा विश्व बजारमा तेलको मूल्य स्थिर राख्न समेत सहयोग पुग्नेछ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!