काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीविरुद्ध मुद्दा दायर गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत चौधरीले खाद्य उद्योगको अनुमतिपत्र नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी रु. ३० हजार घुस लिएको आरोप छ। आयोगका अनुसार उजुरी परेपछि खटिएको टोलीले उनलाई उक्त रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा चौधरीले उद्योग नवीकरणको काममा जानाजान ढिलाइ गर्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र सोही बहानामा घुस माग्दै आएको खुलेको आयोगको दाबी छ। अन्ततः उनले माग गरेअनुसारको रकम लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
उक्त प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो रु. ३० हजार कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
आयोगले आरोपपत्र विशेष अदालत, काठमाडौंमा दर्ता गरेको प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन्।
महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा विपद् व् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!