चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएकाछन् । उनले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेकाछन् । “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।”

 पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएकाछन् ।  गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।  

 उनले भने, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।”

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
1 हप्ता अगाडि

काठमाडौँ | कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्ट ...

छुटाउनुभयो कि ?

TOP