वामपन्थी शक्तिबीच एकता आवश्यक छ:  प्रचण्ड

वामपन्थी शक्तिबीच एकता आवश्यक छ:  प्रचण्ड

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताएकाछन् ।  

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने बताएकाछन् । 

“नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धि रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ”, उनले सन्देशमा भनेकाछन् । । 

संयोजक दाहालले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकामा जोड दिएकाछन् ।  

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
1 हप्ता अगाडि

काठमाडौँ | कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्ट ...

छुटाउनुभयो कि ?

TOP