काठमाडौँ । लेबनान र इजरायलबीच १० दिनको अस्थायी युद्धविराममा सहमति भएको छ। डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै सन् १९८३ पछिको पहिलो औपचारिक वार्तापछि यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
ट्रम्पका अनुसार यो युद्धविरामलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’का रूपमा हेरिएको छ। यस अवधिमा कुनै उल्लंघन नभए स्थायी शान्तितर्फ अघि बढ्ने सम्भावना रहेको संकेत गरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जोसेफ औन र बेन्जामिन नेतन्याहूसँग सकारात्मक संवाद भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” दाबी गरेका छन्।
बिहीबार रातिदेखि लागू भएको युद्धविरामअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच वार्ता भएको थियो, जुन ३४ वर्षयता पहिलो महत्त्वपूर्ण प्रत्यक्ष संवाद हो। ट्रम्पले दुवै देशका नेतालाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने बताएका छन्।
लेबनानका राष्ट्रपति औनले युद्धविराम पहलका लागि ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रमा दीर्घकालीन स्थायित्व कायम गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले स्थायी शान्तिका लागि प्रयास जारी रहने पनि स्पष्ट पारे।
यसैबीच, लेबनानी सरकारले हिजबुल्लाहलाई शान्तिपूर्ण रूपमा हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ। हिजबुल्लाहका नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने आधारमा आफ्नो आगामी कदम तय हुने बताएका छन्।
युद्धविरामको कार्यान्वयन र त्यसपछिको अवस्थाले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावना कति बलियो हुन्छ भन्ने कुरा निर्धारण गर्ने देखिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!