जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

निगमले ए-३२० तथा ए-३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्बबराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट १२ अर्ब बराबरको ऋण लिएको थियो ।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख बराबर रहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काभ्रेमा यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु, १५ घाइते
2 हप्ता अगाडि

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ ...

छुटाउनुभयो कि ?

TOP