अमेरिकासँग वार्ताको तयारी: इरानी उच्च टोली इस्लामाबादमा अवतरण

अमेरिकासँग वार्ताको तयारी: इरानी उच्च टोली इस्लामाबादमा अवतरण

काठमाडौं । अमेरिकासँग सम्भावित शान्ति वार्ताको तयारीका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इरानी प्रतिनिधिमण्डल विशेष विमानमार्फत इस्लामाबाद आइपुगेको हो। प्रतिनिधिमण्डललाई नूर खान अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान सरकारका उच्च अधिकारीहरूले औपचारिक स्वागत गरेका छन्।

स्वागत कार्यक्रममा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार स्वयं उपस्थित थिए। साथै राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख सैयद असिम मुनीर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी समेत कार्यक्रममा सहभागी भएका थिए।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानका संसद सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्। टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मतीलगायत उच्च अधिकारीहरू पनि सहभागी छन्।

कूटनीतिक स्रोतका अनुसार यो भ्रमणलाई अमेरिकासँग सम्भावित शान्ति वार्ताको प्रारम्भिक चरणका रूपमा हेरिएको छ। पाकिस्तानले मध्यस्थताको भूमिका खेल्दै क्षेत्रीय तनाव कम गर्ने प्रयास गरिरहेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
6 घण्टा अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

छुटाउनुभयो कि ?

TOP