दुई हप्ता नपुग्दै विवादमा, श्रम मन्त्री दिपक कुमार शाहको पद अबको केही घन्टा भित्र चैट

दुई हप्ता नपुग्दै विवादमा, श्रम मन्त्री दिपक कुमार शाहको पद अबको केही घन्टा भित्र चैट

काठमाडौ ।मन्त्री पद सम्हालेको केवल दुई हप्ताभित्रै विवादको केन्द्रबिन्दु बनेका श्रम मन्त्री दिपक कुमार शाह अब छिट्टै पदबाट हटाइँदै छन्। उनका निर्णय र व्यक्तिगत क्रीयाकलापले सामाजिक सञ्जाल तताएको छ र आलोचनाको बाढी आएकोछ।

विशेषतः मन्त्री शाहले श्रीमतीलाई शक्तिको दुरुपयोग गर्दै गरेको नियुक्ति भाइरल भएको छ। यसले मात्र होइन, उनका विगतका विवादजन्य छबीले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह दुवैलाई दबाबमा पारेको छ। पार्टीभित्रको असन्तोष र आम जनताको प्रतिक्रिया बढ्दै गएपछि प्रधानमन्त्री अब दिपक कुमार शाहलाई पदबाट हटाउने अन्तिम निर्णयमा पुगेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, यो निर्णय अब केही घण्टाभित्रै कार्यान्वयनमा आउने तयारीमा छ। राजनीतिक विश्लेषकहरू भन्छन्, दुई हप्ताभित्र यस्तो विवादको केन्द्रमा पर्नु असाधारण घटना हो र यसले सामाजिक सञ्जालको दबाबले कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।

नागरिक र राजनीतिक विशेषज्ञहरूले पनि यस घटनालाई सरकारभित्रको पारदर्शिता र जिम्मेवारीको परीक्षणको रुपमा लिइरहेका छन्। कतिपयले तत्काल कदमलाई स्वागत गरेका छन् भने कतिपयले यो घटनाले सरकारको कमजोरी उजागर गरेको टिप्पणी गरेका छन्।

अब बाँकी घण्टामा पदबाट हटाइएपछि मन्त्री शाहको राजनीतिक र सामाजिक प्रभावमा कस्तो असर पर्छ भन्ने कुरा सबैको ध्यानको केन्द्रमा रहनेछ। यस घटनाले सरकारमा पारदर्शिता, उत्तरदायित्व र सामाजिक दबाबको भूमिका पुनः उजागर गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
8 घण्टा अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

छुटाउनुभयो कि ?

TOP