रुकुम पूर्वको बंगुर फर्ममा भ्रष्टाचार: ९ लाख बढी हिनामिना, ७ जनाविरुद्ध मुद्दा

रुकुम पूर्वको बंगुर फर्ममा भ्रष्टाचार: ९ लाख बढी हिनामिना, ७ जनाविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालन भएको बंगुर फर्म निर्माण योजनामा भएको अनियमिततासम्बन्धी प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७७/०७८ मा वडा नं. १२ स्थित छमारीमा सञ्चालन गरिएको ‘बंगुर पकेट विकास कार्यक्रम’ अन्तर्गत फिल्डमा नभएको काम कागजमा देखाएर झण्डै रु. ९ लाख ६७ हजार ३७८ हिनामिना गरिएको निष्कर्ष निकालेको हो।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव, वडा अध्यक्ष गंगा बहादुर पुन, इन्जिनियर खुविराज शाही, सब-इन्जिनियर कमल प्रसाद के.सी., योजना शाखा प्रमुख चित्र बहादुर के.सी., सह–लेखापाल नवराज खड्का र कृषक समूहका अध्यक्ष सुजन पुनलाई प्रतिवादी बनाइएको छ।

अनुसन्धानबाट उनीहरूले आपसी मिलेमतोमा नापी किताबमा झुटा विवरण राखी नभएको कामलाई भएको देखाएर बढी मूल्याङ्कन गरी रकम भुक्तानी लिएको पुष्टि भएको आयोगले जनाएको छ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सरकारी सम्पत्ति हिनामिना, नोक्सानी तथा दुरुपयोगको कसुरमा मुद्दा दायर गरिएको हो। आयोगले सबै प्रतिवादीबाट बिगो असुल, कैद र जरिवानाको मागदाबी गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा आज विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP