म्याग्दी । विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ । विश्व हिन्दू महासङ्घ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो ।
विश्व शान्तिको कामनाका साथै बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको महासङ्घका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । मध्यपूर्वका देशहरूमा भइरहेका द्वन्द्व हटेर शान्ति कायम होस् र नेपालमा शुक्रबार नै गठन भएको नयाँ सरकारले जनअपेक्षाअनुसार काम गर्न सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको महासङ्घका अध्यक्ष दण्डपानी शर्माले बताउनुभयो ।
संम्बाददाता
- २०८२-१२-१३
2 हप्ता अगाडि
काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!