आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्ध बलिङ गरिरहेको छ । चार खेल खेलेको नेपाल दुई जितसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

समान खेलबाट ६ अङ्क जोडेको अमेरिका भने शीर्ष स्थानमा छ । नेपालले प्रतियोगिताको आफनो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो । त्यसपछि इटली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो । डबल राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP