काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई ४८ घण्टाभित्र हर्मुज खाडीमा तेल तथा यातायात अवरोध हटाउनुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो अभिव्यक्तिमा स्पष्ट पारेका छन्, “यदि इरानले चेतावनीलाई नजरअन्दाज गर्यो भने, अमेरिका इरानका विद्युत् उत्पादन र ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउनेछ।”
उनी यस अघि पनि क्षेत्रीय सुरक्षा र ऊर्जा आपूर्ति प्रभावित हुने खतरालाई ध्यानमा राख्दै इरानलाई कडा दबाबको संकेत दिइसकेका छन्। ट्रम्पका अनुसार, हर्मुज खाडीमा ढुवानी अवरुद्ध रहिरहँदा केवल मध्यपूर्वीय देश मात्र नभएर विश्वव्यापी तेल बजारमा समेत अस्थिरता उत्पन्न हुनेछ।
ट्रम्पको यो चेतावनीले इरान–अमेरिका–इजरायल सम्बन्धलाई अझ संवेदनशील मोडमा पुर्याएको छ। उनले भनेका छन्, “हामी कुनै पनि द्वन्द्वको संभावना रोक्न चाहन्छौं, तर आफ्नो सुरक्षा र ऊर्जा आपूर्ति सुरक्षामा कडाइ अपरिहार्य छ।”
यस अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले अत्यन्त सतर्कता र जोखिमपूर्ण स्थिति भएको बताएका छन्। ट्रम्पको यस कदमलाई दबाब र कूटनीतिक रणनीतिको संयोजन भनेर विश्लेषण गरिएको छ।
विदेशी विश्लेषकहरूले बताएका छन्, ट्रम्पले यस चेतावनी मार्फत इरानलाई तत्काल प्रतिक्रिया जनाउन दबाब दिन खोजेको र कुनै पनि दमनकारी कदममा अमेरिकाको निर्णायक भूमिका कायम रहने संकेत दिएको बताएका छन्।
ट्रम्पको अभिव्यक्तिले मध्यपूर्वीय क्षेत्र र विश्व बजारमा संभावित प्रभावको चर्चा पुनः तिव्र बनाएको छ। यसले अमेरिका र इरानबीचको सम्बन्धमा संवेदनशीलता बढाएको र अन्तर्राष्ट्रिय समुदायको नजर फेरि यो क्षेत्रमा केन्द्रित भएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अबदेखि सिंहदरबारभित्र कुनै पनि सूचना, विज्ञ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!